नियम १४७
मूल्याड्ढन प्रतिवेदन तयार गर्नु पर्ने
(१) मूल्याड्ढन समितिले नियम १४६ बमोजिमको
मूल्याड्ढन सम्बन्धी कारबाही पछि प्रस्तावको गुणस्तर सम्बन्धमा प्रतिवेदन तयार गर्नु
पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको प्रतिवेदनमा देहायका कुराहरु समेत प्रत्येक
प्रस्तावको सापेक्षिक सवलता, दुर्वलता र मूल्याड्ढनको परिणाम उल्लेख गर्नु पर्नेछ ः–
(क) प्रस्तावदाताको नाम र ठेगाना,
(ख) प्रस्तावदाता वा निजको अधिकार प्राप्त प्रतिनिधिको सहिछाप भए वा
नभएको,
(ग) प्रस्तावदाता प्रस्ताव पेश गर्न कानून बमोजिम योग्य भएकोे पुष्ट्याई गर्ने
कागजातहरु पेश भए वा नभएको,
(घ) संयुक्त उपक्रम सम्बन्धी सम्झौता आवश्यक भए सो पेश भए वा
नभएको,
(ङ) प्रस्ताव सम्बन्धी कागजातमा प्रस्तावदातालाई दिइएको निर्देशन अनुरुप
प्रस्ताव पूर्ण भए वा नभएकोे,
(च) प्रत्येक प्रस्तावको सापेक्षित सबलता, दुर्वलता र मूल्याड्ढनको परिणाम ।